
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका आसिफ शेख ३६ रनमा आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफलाई मौसम ढकालले आउट गरेका हुन् । आसिफले २ चौका र २ छक्का प्रहार गरे । कर्णालीले दिएको १४२ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार