१६ मंसिर २०८१, आइतवार । सनस्टार युवा क्लवले यही फागुनमा आफ्नो बार्षिक उत्सव मनाउने भएको छ।
‘रोल्पा पर्यटन र खेलकुद विकासका लागि’ नाराका साथ क्लवले दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रत्योगिता- २०८१ रोल्पाको सदरमुकाम लिबाङमा आयोजना गर्हुन लागेको हो । बार्षिक उत्सवमा राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता, जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रत्योगिता र साथमा विभिन्न प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने आयोजकले बताएको छ।
राष्ट्रियस्तरको पुरुष भलिबलतर्फ प्रथम पुरस्कार रु. ५ लाख, द्वितीय पुरस्कार रु. २ लाख ५० हजार, तृतीय पुरस्कार रु. १ लाख र सान्त्वना पुरस्कार रु. ५० हजार रहेको छ। त्यसैगरी जिल्लास्तरीय महिला भलिबल प्रतियोतातर्फ प्रथम पुरस्कार रु. ५५ हजार, द्वितीय पुरस्कार रु. ३५ हजार, तृतीय पुरस्कार रु. १५ हजार र सान्त्वना पुरस्कार रु. १० हजार रहेको छ।
कार्यक्रम फागुन ३ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिने क्लवका अध्यक्ष पुरण के. सी. ले बताएका छन्।


