दाङ बाट रुकुम जाने क्रममा सल्यानमा बस दुर्घटना, १४ जना घाइते

सल्यानमा आज बिहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बाँकी १० जना यात्रुको अवस्था भने सामान्य रहेको सल्यान प्रहरीका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

 

डीएसपी कार्कीका अनुसार आज बिहान १०ः४५ बजे सल्यानको बागचौर नगरपालिका वडा नं २ सिङबाङमा दुर्घटनामा परेको हो ।

दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर राप्ति राजमार्गबाट तल खोलामा खसेको हो ।

सबै घाइतेलाई स्थानीय मेडिकलमा पठाइएको छ भने गम्भीर घाइतेलाई अन्यत्र पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस