लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणकाे दुईदिने कार्यशाला राेल्पा नगरपालिकामा सम्पन्न भएको छ । कार्यशालाबाट विभिन्न सुचकका अाधारमा राेल्पा नगरपालिकाले ९२.५% अंक बटुलेर सर्वाेत्तम हुन सफल भएको छ । नगरपालिकाका कार्यपालिका सदस्यहरु, वडाका सचिवहरु, नगरका विभिन्न शाखा प्रमुख तथा प्रतिनिधिहरु, लक्षितवर्गका संयाेजकहरु सहभागी भएको समुहले अान्तरिक परिक्षणका क्रममा सूचक र उपसूचकहरबाट प्राप्तांकबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । जसमा नीति कानुन याेजनातर्फ २० मा १७, संस्थागत ब्यवस्थातर्फ २० मा १८.५, मानव संशाधन तथा क्षमता विकासतर्फ २० मा १८.५, सेवा प्रवाहतर्फ २० मा २०, सुशासन तथा उत्तरदायित्वतर्फ २० मा १८.५ गरि जम्मा १०० मा ९२.५ अानतरिक अंक ल्याउन सफल भएको छ ।
दुईदिन सम्म भएको सामुहिक छलफलले राेल्पा नगरपालिकालाई लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फका विषयमा गहिराे ढंगले अध्ययन गरि जिम्मेवारीपुर्वक अपुग भएका सुचकलाइ पूरा गर्न लागि पर्ने निर्णय समेत गरेकाे छ भने विभिन्न चुनौतीकाे सामना गर्दै अझैं ब्यवस्थित बनाउन सबै लागि पर्ने निर्णय समेत गरेकाे छ ।
साममजिक विकास समितिका संयाेजक तथा ७ नम्बर वडा अध्यक्ष लालबहादुर घर्तीकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट २ नम्बर वडा अध्यक्ष प्रकास डांगी र महिला लक्षित समुहका संयाेजक त्रिपनी बैजालिले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा बुढाले गर्नुभएको थियाे । दुई दिनसम्म भएको कार्यक्रममा लैससास विज्ञ पार्वता अाचार्यले सहजिकरण गर्नुभएको थियाे ।


