सरस्वती पूजाको पावन अवसर पारेर सेवा इन्टरनेसनल एजुकेसन एकेडेमीले आफ्नो शाखा कार्यालय लमहीमा ओपनिङ्ग गरेको छ। एकेडेमीका म्यानेजिङ डाइरेक्टर मनोज केसीको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा लमही नगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रकाश सुवेदी त्यसै गरी विशिष्ट अतिथिमा नेपाल कम्युनिष्ट पार्टी माओवादी का प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश शाही क्लिक इन्टरनेसनल एजुकेसन काठमाडौँका एमडी गोविन्द खनाल अखिल समाजवादीको केन्द्रीय सदस्य अनिल केसी लगायतको अथितियतामा कार्यक्रम सुसम्पन्न भएको थिय।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि ले शैक्षिक गुणस्तर र रोजगारीमा जानका लागि सँगै शिक्षा प्राप्त गरी देशमा केही गर्नका लागि भनेर यी एजुकेसनहरू खोलेको सम्पूर्ण विद्यार्थीहरुलाई सिक्नका लागि सीप जान्नका लागि समेत आग्रह र यसको लागि चाहिँ बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो। भने विशिष्ट अतिथि प्रकाश शाहीले यो एजुकेसनले गर्नुपर्ने काम दिनुपर्ने शिक्षा बाहिरी देशका लागि सहज र सरल वातावरण सँगै उहाँ उताबाट शिक्षा प्राप्त गरी आइसकेपछि देशमै केही गर्न चाहने र एउटा आर्थिक उन्नतिको समेत बाटो भएको र सकेसम्म सिकेर देशमै केही गर्न देशकै माटोमा के उत्पादन गर्न समेत उहाँले जानकारी दिनुभएको छ भने उहाँले गर्नुपर्ने साथ सहयोग के हुन सक्छ गर्ने वाचा समेत गर्नुभएको छ।
त्यस्तै प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश सुवेदीले सर्वप्रथम त यो इन्टरनेसनल एजुकेसन लाई बधाई तथा शुभकामना दिनुभएको छ। सँगै यसबाट विद्यार्थीलाई ल्याउनुपर्ने लाभ सिक्नुपर्ने ज्ञान सीप शिक्षा प्राप्त गरेर मात्र वैदेशिक जान सहज हुने बताउनुभएको छ भने यो विषयमा आफूले वडा कार्यालयबाट वर्षेनी छात्रवृत्तिमा देशमा केही पढ्न चाहनेका लागि २ वटा विषयमा छात्रवृत्ति आह्वान गरिएको तर कोही पनि नआएको भनेर उहाँले जानकारी गर्नुभयो भने आगामी दिनमा वडा कार्यालयको तर्फबाट दिनुपर्ने साड सहयोग के हुनसक्छ त्यो विषयमा विद्यार्थी र सम्बन्धित सबैलाई दिइने समेत वाचा गर्नु भएको छ।
म्यानेजिङ डाइरेक्टरले सबै लाई जुलाई २६ अक्टोबरमा सबै कुरा निशुल्क हुने समय जानकारी दिनुभएको छ भने यहाँबाट पढाइ सकेर धेरैजना बाहिरी देश गइसकेका र बाह्य देशबाट फर्केर आएर यही रोजगारी समेत पाएका छन् भनेर समेत जानकारी दिनुभएको छ भने कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियो भने सो कार्यक्रम को सहजीकरण बिकास खडकाले गर्नु भएको थियो।


