सिर्जनशील बाल क्लव माडी १ भिताबाङको सक्रियतामा सरसफाइ कार्यक्रम सम्पन्न

रोल्पा,

सिर्जनशील बाल क्लव माडी १ भिताबाङको सक्रियतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

श्री सरस्वती आधारभूत विद्यालय माडी १ भिताबाङको अगुवाई तथा सिर्जनशील बाल क्लव भिताबाङको सक्रियतामा उक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाल क्लवले विद्यालय प्राङ्गण देखि मुख्य बाटो हुँदै पुरानो स्कुलसम्म जंकफुट खाएर फालेका प्लास्टिक कागज,जथाभावी फालिएको बोतल लगाएत अन्य फोहोर बस्तुहरू संकलन गरि डस्बिन तथा खाडलमा राखेर सरसफाइ गरेको छ ।

सरसफाइ कार्यक्रममा बाल क्लबले विद्यालय प्राङ्गण बनिपोले देखि पुरानो स्कुल भिताबाङ सम्मको मुख्य बाटो छेउछाउका अभिभावक तथा होटल,पसल सञ्चालकहरूलाई जथाभावी फोहोर नगर्न र व्यक्तिगत सरसफाइसँगै वातावरणीय सरसफाइमा पनि ध्यान दिन अनुराध गरेको छ ।

सरसफाइ कार्यक्रमा बाल क्लबले घर ,पसल तथा होटलबाट निस्किएको फोहोरलाइ कुहिने र नकुहिने पहिचान गरि निस्चित ठाउँमा फोर व्यवस्थापन गर्न र जलाउन सबैका अनुरोध गरेको छ ।

पूर्ण सरसफाई उन्मुख घोषणा गर्ने हाम्रो अभियान,मौलिक कला र सभ्यता माडीको पहिचानू भन्ने मुल नारा सहित माडी गाउँपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता ईकाइ अन्तर्गत विद्यालय स्तरमा गठन भएको उक्त बाल क्लवले खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी गाउँटोल तथा विद्यालयमा जनचेतना फैलाउदै आएको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस