सभ्य नेपाली समाज बनाउने उदेश्यसहित एनसीसी अष्ट्रेलियामा पाण्डेको उम्मेदवारी

काठमाडौं,

आउँदो जुलाई २९ मा अष्ट्रेलिया एनआरएनको निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि विभिन्न उम्मेदवारहरु विभिन्न समूह बनाएर निर्वाचनमा होमिएका छन् । यो निर्वाचनमा अष्टेलियाको एनसीसी सदस्यका लागि आविष्कार पाण्डे पनि चुनावी मैदानमा होमिएका छन् । विगत एक दशकदेखि बृस्बेनमा बस्दै आएका पाण्डे यहाँका विभिन्न सामाजिक संस्थामा नजिक रहेर नेपाली समुदायको बुहत्तर हितका साथै कल्याणका लागि सकेसम्म र भ्याएसम्म कृयाशिल रहँदै आएका छन् ।

सँधै समाजका लागि सक्रिय रहने पाण्डे समाजको उन्नती प्रगतिमा अग्रपंतिमा देखिन्छन् । मातृभुमिका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेका पाण्डे सबै समूहसँग निकै घुलमिल र दुःख सुखमा साथ दिने पात्रका रुपमा परिचित छन् । करिब डेढ दशकदेखि अष्टेलियालाई अध्ययनको गन्तव्य बनाएका पाण्डे अब बाहिर बसेर भन्दा पनि संसस्था भित्रै बसेर २ वर्ष अष्टेलियामा रहेका नेपालीहरुको सेवा गर्ने तयारीमा लागेको बताउछन् ।

उनले थप जिम्मेवारी बोकेर नेपाली समुदायको सेवा गर्ने अठोट पूरा गर्न सम्पूर्णको सहयोगको अपेक्षा गरेको बताए । उनले अष्ट्रेलिया एनआरएनको केन्द्रीय कमिटिमा आफ्नो इच्छा रहेकाले सम्पूर्ण अग्रजहरुसँग सरसल्लाह गरेको बताउदै सकेसम्म सबैको सहयोग र सर्वस्वीकार्य होस् भनेर उम्मेदवारी घोषणा गरेको समेत जानकारी गराए ।

उनले निष्पक्ष निर्वाचनमा आफ्नो कुनै विमति नरहेको भन्दै विगतमा रहेका अस्वस्थ प्रतिस्पर्धा र होडबाजी अन्त्य गर्दै आउने दिनमा सभ्य नेपाली समाज निर्माण गर्ने आप्नो उदेश्य रहेको प्रष्ट पारे । यति हुँदाहुँदै पनि अन्ततः चुनावी प्रक्रियामा सामेल भइ सामाजिक न्यायको प्रतिकका रुपमा आफूलाई उभ्याउने निचोडमा पुगेको उनको भनाइ छ ।

उनले नयाँ विद्यार्थीलाई विमानस्थलसम्म पुगेर बसोबाससम्मै पुर्याउने,युवा विद्यार्थी संस्थामार्फत नेपालमा सहयोग गर्नेे, विभिन्न खेलकुद क्लबमा संलग्न रहेको,भिजिट नेपाल अभियान संचालन गरेर सम्पूर्ण नेपाली समूदायसँग जोडिएका पाण्डे सबै नेपाली समूदायबीच निकै लोकप्रिय समेत छन् । उनले एकपटक नेपाली समुदायमाझ एक परिक्षार्थीका रुपमा उभिएको भन्दै यही जुलाई २९ मा सम्पन्न हुने निर्धाचनमा एनसीसी पदमा मत दिई निर्वाचित गराईदिन सम्पूर्ण नेपाली समुदायसँग अपिल गरेका छन् ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस