काठमाडौँ ।
माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न माग गर्दै निवेदन परेको छ । माओवादी द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण र पूर्णप्रसाद पौडेलले कात्तिक ९ गते मानव अधिकार आयोगमा निवेदन दिएका हुन्। उक्त निवेदनमा एक दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अङ्गभङ्ग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा दाहालले लिनुपर्ने उल्लेख छ।
पाँच हजार मान्छे मारेको हुँ भन्दा भन्दै दाहालमाथि कानूनी कारबाही नहुनु विडम्बना भएको निवेदकहरूको धारणा छ। “२०७६ माग १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा राजधानीको खुलामञ्चमा आयोजित थारूहरूको माघी पर्वको कार्यक्रममा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार व्यक्ति हत्या स्वीकार गरेकोले निजलाई पक्राउ गर्न निवेदन दिएको बताइएको छ ।
निवेदन दर्ता गर्ने ज्ञानेन्द्र आरनका बुवालाई माओवादीले गोली हानेर हत्या गरेका थिए । आरनले भने २०७५ सालमा रामेछापमा बुबाको शालिक आफ्नै खर्चले बनाए त्यो पनि माओवादीले भत्काइदिए । उनले माओवादीले आफूले स्थायी शिक्षकमा नाम निकालेर हाजिर हुन जाँदा समेत हाजिर हुन नदिएको बताए । उनले आजसम्म पनि हाजिर हुन नपाएको बताए । बाँकी भिडियो हेर्नुहोस ।