निर्माण व्यवसायी महासंघको उपमहासचिव पदका उम्मेदवार श्रेष्ठलाई काङ्ग्रेस र राप्रपा पक्षहरुको दरो समर्थन

 काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशको उपमहासचिव पदका उम्मेदवार बालाजु श्रेष्ठलाई नेपाली काङ्ग्रेस र राप्रपा पक्षहरूले समर्थन गर्ने भएका छन ।

मोफलसलमा निर्माण व्यवसायीको क्षेत्रमा संघर्षबाट माथी उठेका श्रेष्ठ निर्माण व्यवसायीको क्षेत्रमा रुचि राख्ने नयाँ यूवा पुस्ताका लागि एक उदाहरणीय पात्र भएकाले काङ्ग्रेस र राप्रपा पक्षले समर्थन गर्ने भएको हुन ।

उनलाई नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएकाहरुले पनि समर्थन गर्दै आफ्नो टिमका प्रतिनिधि हरुलाई भोट गर्न आग्रह गरेका छन । निर्माण व्यवसायी संघ प्यूठानको सदस्य, सचिवहुँदै महासचिव, सहित उनी महासंघको दुई कार्यकाल केन्द्रिय सदस्य भएर समेत काम गरिसकेका छन् ।

निर्माण व्यवसायीको क्षेत्रमा स्वच्छ छबी बनाएका श्रेष्ठले मोफसलबाट महासंघको पदाधिकारीमा नेतृत्वदायी भूमिका हुनुपर्ने दाबी गरेका छन् । उनी आँशु निर्माण सेवा प्यूठानका संचालक हुन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस