जेसिज कप फुटबल बेनीमा सुरु

म्याग्दीको बेनीमा जेसिज कप अन्तरमावि फुटबल प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले गरेका थिए ।

‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ नाराका साथ सुरु भएको १९औँ संस्करणको उक्त प्रतियोगितामा जिल्लाका २१ विद्यालय सहभागी छन् । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, वर्तमान अध्यक्ष वीरेन्द्र श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रतियोगिताको विजेताले रु ५२ हजार र उपविजेताले रु ३२ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक कुमार बानियाँले जनाकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्टाइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीलाई पुरस्कृत गरिनेछ । रासस

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस