पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

शनिवार जारी घाेषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने बताइएकाे छ ।

त्यस्तै, दुई पार्टी गाभिएसँगै विवेकशील साझा पार्टीमा केन्द्रीय सदस्यको संख्या थप भएको छ । सिटिजन्स डिसकसन फोरमबाट ३१ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १४ जना गरी कुल ४५ जना विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीमा रहने घाेषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस