रोल्पामा दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

दाङ, माघ २६ । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ३, बाहिरी गाममा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नेकपाका नेता एवं प्रतिनिधि सभाका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ ले नवप्रवेशीहरूलाई अबिर र खादा ओढाएर पार्टीमा भव्य स्वागत गर्नुभयो। पार्टी प्रवेश गर्नेहरूमा संघीय समाजवादीका प्रदेश सदस्य चन्द्र घर्ती मगर, नेकपा एमालेका मिलन बुढामगर, निवर्तमान वडा सदस्य असारी बिक र धरम घर्ती मगर रहनुभएको छ।

यस्तै, नेपाली कांग्रेसको लामो राजनीति त्यागेर पूर्णसिंह परियार, जयमला परियार, जित बहादुर बुढा मगर, सन्ख्रा बुढा मगर, खदक रोका मगर, हस्तबिर बिक, दिपक बुढा मगर, सागर बुढा मगर, पुष्कर घर्ती मगर, नस्मला बिक र खगी घर्ती मगर पनि नेकपामा समाहित हुनुभएको छ भने NRN मङ्गोलबाट मनिसा बुढा मगर पनि पार्टीमा प्रवेश गर्नुभएको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै नेता वर्षमान पुन ‘अनन्त’ ले मुलुकको आमूल परिवर्तन र समृद्धिको नेतृत्व केवल कम्युनिस्ट शक्तिले मात्र गर्न सक्ने बताउनुभयो। विभिन्न पार्टीका जिम्मेवार तहमा रहेका व्यक्तिहरू नै नेकपामा प्रवेश गरेपछि सुनछहरीमा पार्टीको संगठन थप मजबुत र प्रभावशाली बनेको स्थानीय नेतृत्वले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस