
घोराही । रोल्पाली सेवा समाज दाङ शाखाले सल्लाहकार तथा संरक्षक चयन गरेको छ । समितिको बैठकले प्रमुख सल्लाहकारमा अल्फा तेक्वान्दो डोजाङका अध्यक्ष पदम केसी र सल्लाहकारहरुमा टेकबहादुर वली, श्याम सुन्दर घर्ती, तिलक रावत र प्रेम बुढालाई चयन गरेको छ भने संरक्षकमा दर्जित रोका मगरलाई चयन गरेको छ ।
समाजका शाखा अध्यक्ष ओमप्रकाश खड्काको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष डिलाराम वलीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा कार्यक्रम गरेर उहाँहरुलाई स्वागत तथा सम्मान गरिएको छ । विदेशमा अलपत्र परेकालाई उद्धार, मृत्युभएकाको शव घरसम्म ल्याउन सहजीकरण, नेपालमा उपचार अभाव भएकाहरुलाई सहारा बन्दै आएको भन्दै वक्ताहरुले समाजको प्रशंसा गरे । वैदेशिक रोजगारका नाममा ठगिएकाहरुको लगानी सुरक्षित गर्ने काममा पनि अझ बढी चासो दिन सुझाव दिए । अहिलेसम्म कुनै लोभ लालच नगरी निस्वार्थ सेवा गरेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि समाजका केन्द्रीय महासचिव शेरबहादुर डाँगी, अतिथिहरु घोराही–१४ का निवर्तमान अध्यक्ष एवं शाखाका प्रमुख सल्लाहकार शक्तिराम डाँगी, सल्लाहकार तिलक रावत, मनिषा पुन, पदम केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम गिरीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव सूर्यबहादुर भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा जलजला टिभिका प्रबन्ध निर्देसक बिरेन्द्र ओली र नया युगबोध दैनिकका पत्रकार गोबिन्द खड्काको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम भब्य र सभ्य रुपले सपामापन भएको थियो ।