दाङ, असार ६ । नेपाली लोक तथा नृत्यगीतप्रेमी श्रोता/दर्शक माझ नयाँ कोशेलीका रूपमा ‘लान्छु भगाई’ बाेलमा नयाँ गित सार्वजनिक भएको छ। गायक टंक खड्का र गायिका अञ्जिला रेग्मीको सुमधुर स्वरमा सजिएको यो गीत टंक खड्काको आधिकारिक युट्युब च्यानल ‘Tank Khadka Official’ मार्फत शुक्रवार सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताको राम्रो साथ पाइरहेको छ। अहिले उक्त गित सार्वजनिक भएको केही छाेटाे समयमै सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। गीतको मौलिक लोकभाका, आकर्षक प्रस्तुति र मन छुने शब्दले दर्शकको ध्यान खिच्न थालेको देखिन्छ।
‘लान्छु भगाई’मा प्रमोद दीपको शब्द, भीम बीसी को संगीत तथा विश्व अधिकारी को संगीत संयोजन रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइली ले गरेका हुन् भने रेकर्डिङ प्रिज्म स्टुडियो मा गरिएको छ। गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। अभिषेक मल्लको निर्देशनमा तयार गरिएको भिडियोमा सुलभ पौडेल, सुरक्षा मगर र प्रेम डीसी को अभिनयले कथावस्तुलाई जीवन्त बनाएको छ। तुफान ओली को कोरियोग्राफी, अर्जुन रोका मगर को छायांकन तथा निर्देशक अभिषेक मल्ल कै सम्पादन र रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको छ।
पोस्ट–प्रोडक्सन स्मार्ट फिल्म्स स्टुडियो ले गरेको छ। मौलिक नेपाली लोकसंस्कृति, प्रेमभाव र मनोरञ्जनलाई समेटेर तयार गरिएको ‘लान्छु भगाई’ले गीत–संगीतप्रेमी दर्शकमाझ सकारात्मक छाप छोड्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएको छोटो समयमै प्राप्त भएको उत्साहजनक प्रतिक्रियाले आगामी दिनमा गीतले अझ व्यापक दर्शकको माया पाउने विश्वास गरिएको छ।



