थबाङ्गी समाज सेवा समितिको २०८२ भूमे पर्व भव्य रुपले सम्पन्न हुदै

भूमे पर्व बिशेष मगर समुदायको सास्कृतिक पर्व हो भुमेलाई देबीको रुपमा पुजा गरिन्छ। यसरी मनाउने मुख्य उद्देश्य भनेको आगामी बर्ष राम्रो होस् र प्राकृतिक विपत्तिहरु नआओस भन्ने विश्वास हो, भूमे पर्व मगर समुदायको मौलिक परम्परा प्रकृतिप्रतिको सम्मान र सामुदायिक एकता झल्काउने अत्यन्तै महत्वपूर्ण सास्कृतिक पर्व हो । यस पर्वको सार ‘धर्तिको पुजा वर्षाको कामना र समुदायको साझा आत्मा निहित छ।

यो पर्व पूर्वी रुकुम र रोल्पाको पहाडी भेगमा मनाउने गर्दछन। बिशेष गरि भूमे पर्व मगर समुदायमा बढी प्रचलित छ। मौलिकता झल्काउने एक बिशेष खालको आफ्नै पहिरन भेषभुषा र सस्कारमा नाचेका हुन्छन।

२०८२ सालको भूमे पर्व घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरामा थबाङ्गी समाज सेवा समितिको भूमे पर्वमा मायापुरा रोका मगरको अध्यक्षता रहेको थियो भने कार्यक्रम संचालन सुबिन राज शेर्पालीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस