रोल्पाको सुनिलस्मृति गाउँपालिकामा विपद् व्यवस्थापन तथा पूर्व सुचना प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विपद् व्यवस्थापन तथा पूर्व सुचना प्रणाली सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बिहिवार सम्पन्न भएको हो।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भित्र रहेका सञ्चालित आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत कम्प्यूटर र आईटि सम्बन्धी शिक्षकहरुको सहभागिता रहेकोे सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जनाएको छ ।
कार्यक्रमको सहजिकरण जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विद् शान्ति कडेल र मौसम विद् डेभिट ढकाल्ले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार