पुर्बी रुकुम- भूमे गाउँपालिकाको महतगाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
’स्वास्थ्य नै धन हो’ उक्तीलाई मनन गर्दै थवाङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने भुमे गाउँपालिका वडा– ५ महतगाँउमा मिति २०८१ /०९/०४ गत्ते देखि निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
थबाङ गाउपालिका र भूमे गाउपालिकाका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्ग लाई लक्षित गरेर सोहि स्थानमा गएर स्वास्थ्य सम्बन्धि सचेतनामुलक जानकारी दिने उदेश्यले नेपाली सेना दाङ जिल्ला १९ बाहिनी अड्डाले यो कार्यक्रमको आयोजना गरि निःशुल्क स्वास्थ्य शिविर राखिएको हो ।
विभिन्न रोगका विशषज्ञ चिकित्सकहरुबाट चेकजाचँ गराई रोग अनुसारको निःशुल्क औषधीहरु वितरण गरिने नेपाल बटुक दलगण रोल्पाले जानकारी दिएको छ ।
शिविरमा महिला तथा प्रसुती रोग सम्बन्धी सेवा, दन्त, हाडजोर्नी, नाक, कान, घाँटी, छाला तथा चर्म रोग लगायत अन्य सेवाहरु प्रदान गरिने भएको छ ।