राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानको लागि काठमाडौं ल्याइयो,आज नै पर्सा लगिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ ।

आज भने पर्सामा बयानको लागि लगिँदैछ । लामिछानेलाई भर्खरै पोखरा विमानस्थलबाट काठमाडौं ल्याईएको छ । काठमाडौं ल्याईएका रविलाई दिउँसो साढे २ बजेको फ्लाइटबाट सीमरा लगिनेछ ।

पर्सामा रहेको हाम्रो साईनो पाईला सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान हुने भएको हो । पर्सा प्रहरीले जिल्ला अदालतबाट पक्राउको अनुमति लिईसकेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस