सुनिलस्मृति गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं. १ घोडागाउँ स्वास्थ्य चौकीमा सञ्चालन हुन लागेको छ ।
मंसिर २१ गते विहान १० बजे देखि दिउसो ३ बजेसम्म मानसिक स्वास्थ्य उपचार तथा मनोपरामर्श सम्बन्धी विशेषज्ञ चिकित्सकद्धारा सेवा दिने सुनलिस्मति गाउपालिका अध्यक्षको सचिवालयले जनाएको हो ।
शिविरमा निन्द्रा नलाग्ने, एकोहोरो हुने र टोलाउने, रिसाउने, डर लाग्ने झस्कीने, ढुकढुकी बढ्ने, आतिने, खाना खान मन नलाग्ने, मर्छुकी भन्ने डर लाग्ने, मर्न मन लाग्ने, आत्महत्याको प्रयास गर्ने, एक्लै बल्ने, कराउने, धेरै सोच्ने, चिन्ता लिने, छटपटी हुने, बेहोस हुने, ठुला ठुला कुरा गर्ने, बेसुरको कुरा गर्ने, मादक लागु पदार्थको अत्यधिक प्रयोग गर्ने व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य सेवालिन सुनिलस्मृति गाउँपालिकाले अनुरोध गरेको छ ।