
समाज सेवामा क्रियासिल सस्थाको रुपमा परिचित छ रोल्पाली सेवा समाज अहिलेसम्म निकै दुख पिडामा परेका मान्छे हरुलाई सहयोग गरिसकेको छ पछिल्लो समयमा रोल्पाली लाइ मात्रै नभएर दुख पिडामा परेका नेपालभरका दुखि पिडितलाई सहयोग गर्दै आएको छ ।
अहिले रोल्पाली सेवा समाज रोल्पाको छैठौं साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवं पूर्व सिंचाई मन्त्री तथा संविधानसभा सदस्य अमरसिंह पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
विशिष्ट अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठाले रोल्पाली समाजलाई जनचेतना, स्वास्थ्य शिक्षालगायतका काम गर्न पनि सुझाव दिनुभयो । उहाँका अनुसार मोबाइलले बिग्रिएका बच्चा, लागूऔषध दुव्र्यसनमा भुलेका युवा सुधार्ने कार्यक्रम जरुरी छ । सो अवसरमा वक्ताहरुले रोल्पाली समाजले गरेको सहयोग, उद्धारमा खेलेको भूमिकाको प्रशंसा गरे । विदेशमा जोखिममा रहेका धेरैको ज्यान बचाएको, परिवारमा पुनर्मिलन गराएको भन्दै समाजको सराहना गरे । सकभर विदेश जानु नपर्ने, गएपछि सीप सिकेर जाने वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिए । रोल्पाका सबैजसो दल सहभागी भएको कार्यक्रममा सहिद मार्गलगायत धेरै विकासका संरचना मिलेरै बनेको र अझ धेरै गर्न सकिने उनीहरुको भनाइ थियो ।
सभापति पुनले समाज बनाउन सबै एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । उहाँले लडाइ भिडाइ खुट्टा तानातानले नहुने कुरा विगतले सिकाइसकेको बताउनुभयो । उहाँका अनुसार झुठा मुद्दा लगाउने, मारकाट गर्ने अनेक क्रियाकलाप रोल्पालीले धेरै भोगेर आए । अब देश विकासमा एकै हुने बेला छ । ‘हिजो कोइलाबासबाट नुन बोकेर खान्थिम’– प्रमुख अतिथि पुनले भन्नुभयो– ‘आज विश्वभरको खबर एक सेकेन्डमा थाहा पाउँछौं । हात हातमा मोबाइल छ । रोल्पाका गाउँ गाउँ‘मा धुले सडक पुगेका छन् ।’ उहाँले दलले केही गरेनन् नेताले सबै बिगार्ने मात्रै गरे भनेर गालीगलौज नगर्न आग्रह गर्नुभयो । केही पनि नभएको देख्नेहरुले निर्माण गरिएका संरचना र व्यवस्था परिवर्तन हेर्न सुझाव दिनुभयो ।
यसैबीच समाजलाई विभिन्न क्षेत्रबाट सहयोग गरेको भन्दै संस्थापक अध्यक्ष एवं संरक्षक सन्दीप थापा, काशीराम डाँगी, खेम बुढा, अमरदास पुन, कैलाश रोका, डा. टीकाराम उदासी, शक्तिराम डाँगी, टोपबहादुर पुन, कैलाश घर्ती, रमेश बुढा, हुकुमबहादुर डाँगी र रोल्पाली सेवा समाज दाङ शाखालाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकारको बाक्लो उपस्तिती रहेको थियो भने कार्यक्रमको भिडियोहरु पनि फेसबुक मार्फत लाइभ गरिएको थियो भने मान्छे हरुले हाल भरिभराउ थियो। कार्यक्रममा स्वागत रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष लालकुमारी रोकाले गर्नुभएको थियो । सञ्चालन रोशन गिरी र घनश्याम गिरीले गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा पाँच÷पाँच हजारका दरले आर्थिक सहयोग गर्ने झक्कुप्रसाद राना र ओमप्रकाश वली तथा नृत्य प्रस्तुत गर्ने विमला थापा र निशा पुनलाई पनि कदरपत्रले सम्मान गरिएको थियो । सो अवसरमा दुई दर्जन बढीलाई आजीवन सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि शान्तिनगर गाउँपालिका दाङका अध्यक्ष प्रमोद बस्नेत, अतिथिहरु नेपाली कांग्रेस रोल्पाका सचिव तिलक बुढाथोकी, नेकपा एमाले रोल्पाका अध्यक्ष अमृतबहादुर बुढा, नेकपा माओवादी केन्द्र रोल्पाका जिल्ला संयोजक रेशम पुन र नेकपा केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इञ्चार्ज सम्झना घर्ती असिना सी ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी रोल्पाली सेवा समाजका संस्थापक अध्यक्ष एवं संरक्षक सन्दीप थापा, संस्थापक प्रमुख सल्लाहकार काशीराम डाँगी, केन्द्रीय सल्लाहकार खेम बुढा मगर, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगर, नेपाल होम स्टे संघ लुम्बिनी प्रदेश उपाध्यक्ष पृथ्वी पुन, नेपाल भारतीय भूपू सैनिक संघका सचिव पदम केसी, नेपाल मगर संघका दाङ शाखा कावा अध्यक्ष मुक्त बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा बस दुर्घटनामा परी उपचाररत जितेश बाँठालाई जापान शाखाका वरिष्ठ उपाध्यक्ष ओमप्रसाद पुनको नेतृत्वमा संकलित सात हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । संस्थाको संस्थागत प्रतिवेदन केन्द्रीय अध्यक्ष डिलाराम वलीले प्रस्तुत गर्नुभएको थियो ।