भाजपाको उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

काठमाडौं,

मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ । यसपटक केन्द्रीय मन्त्री पियुष गोयल यस लोकसभा सिटमा भाग्य परिक्षण गर्न भाजपाका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । २००४ र २००९ को लोकसभा चुनाव बाहेक, यो लोकसभा सीट १९८९ देखि बीजेपीको कब्जामा छ।

यसपटक भाजपाले यो लोकसभा सिटमा ह्याट्रिक गर्ने तयारी गरेको छ । तर, यसपटक पार्टीले लगातार दुई पटक चुनाव जितेका गोपाल शेट्टीको स्थानमा केन्द्रीय मन्त्री पियुष गोयललाई उम्मेदवार बनाएको छ । उनै पीयूष गाेयलले लामाे समयदेखि भारतमा बस्दै आएका नेपाली भाेटरलाई भेटेका छन । उनले एकसाथ सयाैं नेपाली भाेटरलाई भेट्दै सन्देश समेत पठाएका छन ।

उनले भनेका छन ‘नेपाल र भारतकाे सम्बन्ध भाईभाईकाे सम्बन्ध हाे, हामी एकै परिवार मान्छाैं । मलाई विश्वास छ, नेपालमा हामीलाई जुन प्रकारकाे स्वागत, जुन प्रकारकाे सपाेर्ट पाउछाैं त्याे निकै नै अदभुत छ । नेपाल र भारतकाे सम्बन्ध धेरै ऐतिहासिक छ याे सम्बन्ध अझै तेज गतिले अघि बढाेस् । ‘  साथै उनले भारतमा बस्ने नेपालीको खुलेर तारिफ गर्दै आभार समेत प्रकट गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस