रोल्पाको लुङग्रीमा आगलागी हँदा १३ घरगोठ जले, १ जना घाइते

शनिबार रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ मनिकोट रिडि भन्ज्याङको जंगलमा लागलागि भएको छ । जंगलमा लागेको आगो लुङग्री गाउँपालिकाको रिरिप स्थित मानव बस्तिमा फैलिन गई १३ घरगोठ जल्नुको साथै एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

मानव बस्तिमा लागेको आगोलाई प्रहरी चौकी सिर्प प्रहरी बल, इलाका प्रहरी कार्यालय सुलिचौर, जिल्ला प्रहरी कार्यालय रोल्पा, सहायक प्रहरी बल नेपालका सशस्त्र प्रहरी, बटुक दल गण रोल्पाको टोलीले उक्त बस्तीमा आगो नियत्रणमा लिएको बताईएको छ ।

शनिबार विहान लागेको आगो अझैं नियन्त्रणमा नआएको लुङग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले जानकारी दिनुभयो । बस्तीमा आगो नियन्त्रण भए पनि जंगलमा भने आगो नियन्त्रणमा आउन नसकेको अध्यक्ष थापाको भनाई छ । आइतबार लुङग्री गाउँपालिकाको तीनपरे भन्ने जंगलमा आगलागि भईरहेको उहाँले बताउनुभयो ।

आगो बस्तीमा फैलन सक्ने भएकाले त्यस आसपासका स्थानीयहरुले विशेष ध्यान दिन अध्यक्ष थापाले आग्रह गर्नुभएको छ । बस्तीमा आगो फैलन नदिनको लागि प्रहरी चौकी सिर्प प्रहरी बल, इलाका प्रहरी कार्यालय सुलिचौर, जिल्ला प्रहरी कार्यालय रोल्पा , सहायक प्रहरी बल, नेपालका सशस्त्र प्रहरी, बटुक दल गण रोल्पाकोे टोली त्यस क्षेत्रमा खटिएको बताईएको छ ।

लागलागिबाट लुङग्री गाउँपालिका वडा नं. १ रिरिप बस्ने निसे घर्तीको २ तले घर, १ तले गोठ सोही ठाउँ निवासी अमृत घर्तीको २ तले घर जलेको प्रहरीको भनाई छ । यस्तै लुङग्री गाउँपालिका रिरिपकै सन्तु घर्तीको २ तले जलेको छ भने, प्यारालाईसिसको बिरामी भई घरमा बसेको अवस्थामा सन्तु घर्तीको दाँया हातको कुहिना, दाहिने खुट्टा जलेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । घाइते सामान्य भएकाले उपचार भईरहेको पनि बताई

लुङग्री गाउँपालिका कै टेके घर्तीको २ तले घर, भुवन घतीको १ तले गोठ १ गोरुको जलिको मृत्यु भएको छ भने जर्सिगाई समेत जलेर घाइते भएको बताईएको छ । त्यस्तै सोहि ठाउँ निवासी प्रकाश सिंह घर्तीको २ तले घर, तुलबहादुर घर्तीको २ तले घर, १ गोठ, नरबहादुर घर्तीमगरको १ घर, जितबहादुर घर्तीमगरको १ घर, र हिरालाल घर्तीको २ तले घर, १ तले गोठ पूर्णरुपमा जलेका छन् भने यी सबै घरमा भएको अन्नपात, लत्ताकपडा, भाडा बर्तन जलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता रामनारायण गुप्ताले जानकारी दिनुभयो ।

आगो कस्ले लगाएको भन्ने अझंै पत्ता लागि नसकेको लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस