राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको आयोजनामा समन्वयात्मक बैठक सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाकी अध्यक्ष कविता उपाध्यायको अक्ष्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले शाखाको ५ आंै साधारण, १५ औं अधिवेशन तथा जिल्ला स्तरिय गजल प्रतियोगिता गर्ने निर्णय गरेको छ । २०८० बैशाख १५ गते मंगलबार साधारण सभा, अधिवेशन तथा गजल प्रतियोगित गर्ने निर्णय गरेको राप्ती साहिन्य परिषद जिल्ला शाखा रोल्पाकी अध्यक्ष कविता उपाध्यायले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।
जिल्ला स्तरिय गजल प्रतियोगिताका लागि गजलकारले १० गतेसम्म गजल पठाईसक्नु पर्नेछ । जस्को लागि व्गलपष्चष्कबलअजबच२नmबष्।िअयm मा पठाउनु सकिनेछ । यसरी प्राप्त भएका गजलहरुको बैशाख १२ गतेसम्मका लागि प्रारम्भिक छनोट सटलिस्ट गरिनेछ । छनोटमा परेका उत्कृष्ट १० गजलहरु मात्र अन्तिम मूल्यांकनमा पर्नेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार, द्धितिय पुरस्कार ३ हजार र तृतिय पुरस्कार २ हजार रहेको छ, भने प्रमाण पत्रको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । यसैबीच साहित्यकार गीता निर्दाेषीद्वारा स्थापित सरुपा चित्र नारी प्रतिभा पुरस्कार र साहित्यकार नगेन्द्र गुरुद्वारा स्थापित देवकी दामोदर बाल प्रतिभा पुरस्कार समेत वितरण गरिनेछ । मंगलबार बसेको बैठकले पुरस्कार वितरणका लागि साहित्यकार डी.वी टुहुरोको संयोेजकत्वमा साहित्यकार ओम पंछी र साहित्यकार पुरण क्षेत्रीलाई श्रष्टा छनोटको लागि जिम्मा दिने निर्णय गरेको छ ।
गजल प्रतियोगितामा साहित्य परिषदका सम्पर्ण आजीवन तथा साधारण सदस्य, साहित्यकार, साहित्यानुरागी, सर्जक, साहित्यप्रेमीहरु, पत्रकार लगायत सरोकारवालालाई कार्यक्रममा उपस्थितीको लागि राप्ती साहित्य जिल्ला शाखा रोल्पाले अनुरोध गरेको छ ।