
लामो समय देखि क्यान्सर रोगबाट ग्रसित रोल्पा मादी गाउँपालिका ५ भाबाङका शान्ती बस्नेतलाई आर्थिक सहयोग प्रदान गरिएको छ। रोल्पाली सेवा समाज रोल्पा कतार शाखाका सदस्य दिपक बस्नेतको संयोजकमा संकलन २९ हजार रुपैया प्रदान गरिएको हो।
क्यान्सर रोगबाट नै लामो समयदेखि थलिएका रोल्पा परिवर्तन गाउँपालिका २ राङ्सीका खलवीर वलीलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ। रोल्पाली सेवा समाज कतार शाखाबाट संकलित रकम रु २५ हजार रुपैया र कतार देखि नै सपना डाँगीले कम्पनीबाट संकलन गरि पठाएको रकम रु ३१ हजार १ सय पाँच रुपैया र रोल्पाली सेवा समाज दाङ शाखाले संकलन गरेको रु १९ हजार ७ सय रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ।
यसै गरि ब्रेन स्टमि हेमराइज रोगबाट पीडित रोल्पा नगरपालिका ८ जंकोटका विनोद कुमार पुनलाई पनि आर्थिक सहयोग प्रदान गरिएकोछ। रोल्पाली सेवा समाज कतार शाखाका सल्लाहकार दिपेन्द्र वलीको संयोजकमा संकलित रकम रु १ लाख २९ हजार ८ सय उनान्नब्बे रुपैया प्रदान गरिएको छ।
रोल्पाली सेवा समाज रोल्पाले दाङको घोराही तुलसीपुर चोक स्थित मिलिनियम होटेलमा एक कार्यक्रम गरि कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका १५ का वडा अध्यक्ष रमेश पाण्डे र कार्यक्रमका सभा अध्यक्ष दिलाराम वलीले संयुक्त रुपमा आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। प्रमुख अतिथि पाण्डेले बोल्दै रोल्पाली सेवा समाज रोल्पाबाट सिङ्गो राष्ट्रले सिक्नु पर्ने। आफुले पनि यो समाजबाट अझै सिक्ने मौउका पाएको समेत बताउनु भयो।
दुबैमा रोजगारीको लागि पुगेका रोल्पा गंगादेव गाउँपालिका २ रमाइका बाल कुमार वली सडक दुर्घटनामा परेपछि उपचारमा खर्च भएको रकम १ करोड ५८ लाख नेपाली रुपैया हस्पिटललाई तिर्न नसक्दा केही महिना देखि दुबैमा रोकिएका वलीलाई समाजले उद्धार गरि नेपाल ल्याइ यसै कार्यक्रममा परिवार सँग मिलन गराएको छ। दुबै शाखा अध्यक्ष दिल पुनको सक्रिय हपलमा उद्धार गरि नेपाल ल्याएको केन्द्रिय अध्यक्ष वलीले बताउनु भयो। कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष निशान वली, केन्द्रिय संस्थापक सल्लाहकार के बि गुरुङ, केन्द्रिय सल्लाहकार कैलाश रोका, केन्द्रिय सल्लाहकार पुष्पा श्रेष्ठ,केन्द्रिय प्रबक्ता ओकिल पुन, दाङ शाखा अध्यक्ष ओम प्रकाश खड्का लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन दाङ शाखाका महासचिव घनश्याम गिरिले गर्नुभएको थियो।