मुसिकोट नगर सरकारले गर्यो चमत्कारिक काम – सरकारी स्कुलको पुर्णस्थापना पछि बिधालयमा बिधार्थीको लर्को

रुकुम पश्चिम,

२०७९ सालको स्थानीय तहको निर्वाचन पछि मुसिकोट नगर सरकारले गरेको पहिलो निर्णय मुसिकोट नगरपालिका ५ डाङ्डुङ्गे स्थित श्री आधारभुत बिद्यालयको पुर्ण स्थापना गर्नु सफल ठहरिएको छ।

केही बर्ष अगाडि शिक्षाको गुणस्तरमा कमि हुन गइ मुसिकोट नगरपालिका ५ स्थित श्री आधारभुत बिद्यालयको शैक्षिक पठनपाठन रोकिन पुगेको थियो। जुन बिद्यालय २०७९ सालको निर्वाचन पछि नयाँ सोच, जोश र पुर्ण पठनपाठनको साथमा अगाडि बढ्दो क्रममा छ।

बिद्यालयको पठनपाठन रोकिए संगै मुसिकोट नगर भित्रका साना बालबालिकाहरुको पढाइ, लेखाइमा रोकावट आएको थियो। स-साना बालबालिकाहरुलाई पर्न गएको उचित शिक्षाको अभावका कारण मुसिकोट नगर चिन्तित हुन बाध्य भएको थियो।

नगरमा रहेको बिद्यालय बन्द भए पछि स-साना बालबालिकाहरुलाई उचित शिक्षाको लागि अर्को नगरमा जानू पर्ने हुदा बालबालिका र अभिभावकमा भएको असक्षमताको कारण बालबालिकाहरु आफ्नो शिक्षा प्रतिको चाहना भुलेर घरायसी काम र अनावश्यक खेलकुदमा व्यस्त हुन बाध्य भएका थिए।

मुसिकोट नगर सरकारको नजर आधारभुत बिद्यालय र नगर बासीहरुमा परे लगत्तै बालबालिकाहरुको भविस्य र नगर बासीहरुको भावनाको कदर र मध्यनजर गर्दै आधारभुत बिद्यालय प्रती मुसिकोट नगर सरकार पुर्ण इमानदारीपूर्वक काम गर्दै आएको छ। सरकारी बिद्यालय प्रती आकर्षण बढाउदै मुसिकोट सरकार अगाडि बढ्ने क्रममा १२ जना विद्यार्थी बालबालिकाबाट सुरु भएको आधारभुत बिद्यालय हाल ३२ जना विद्यार्थी बालबालिकालाई उचित शिक्षा दिन सफल भएको छ।

बिद्यालयको पुर्ण स्थापना भए संगै शिक्षाको गुणस्तरमा सुधार भइ स-साना बालबालिकाको पढाईमा निकै नै सहजता आएको छ। बालबालिकाहरुले उचित शिक्षा आफ्नो नगरमा नै पाए पछि नगर बासीहरु पनि अब सन्तुष्ट छन। मुसिकोट नगर सरकारको शिक्षा प्रतिको निर्णय,कार्य र मेहनत प्रती मुसिकोट नगर खुशी र सन्तुष्ट रहेको हामी प्रष्ट देख्न, सुन्न र बुझ्न सक्दछौ।

मुसिकोट नगर खुशी नागरिक समृद्ध शहर भन्ने मुल नाराका साथ मुसिकोट सरकार उचित शिक्षाको साथमा मुसिकोट नगर स्थित जनता र बालबालिकाको हित गर्ने कार्य प्रति अझ बढी केन्द्रित रहेर अगाडि बढ्दै गरेको पाइन्छ। मुसिकोट नगरका बालबालिकाहरुले उचित शिक्षा पाउनुमा मुसिकोट नगर सरकारको ठुलो र महत्त्वपूर्ण योगदान रहेको छ। जसलाई हामी नकार्न सक्दैनौ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस