साझा कल्याणकारी समाज नेपालको भेटघाट तथा सम्मान कार्यक्रम समपन्न

काठमान्डौ साझा कल्याणकारी समाज नेपालको भेटघाट तथा सम्मान कार्यक्रम समपन्न भएको छ नयाँ बसपार्क स्थित गुरुङ भवनको हलमा भएको कार्यक्रमलाइ हिरा राणा मगर र धिरज राइले संचालन गरेका थिए देउसी भैली खेल्ने क्रममा साथ् सहयोग गरेका सम्पूर्ण सहयोगी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम र प्रमाण पत्र दिने गरिएको थियो ।

कार्यक्रमको सभापति सर्बजित बुढाले गर्नु भएको थियो प्रमुख अथितिमा चिरन बाठा मगर बिसेष अथितिमा लोकेन्द्र ओली सस्थापक किम बहादुर थापा सल्लाहकारमा रुपा पौडेल र अथिति हरुमा राजेन्द गुरुङ,भुपेन्द्र प्रकास रोकाय,नन्द घर्ति मगर,दलसिङ्ग घर्तिमगर, बिरेन्द्र ओली,लोकेश ओली,हिमाल ओली लगाएत थुप्रै अथितिहरुको आगमन रहेको थियो ।

सस्थापक किम बहादुर थापाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमलाइ रास्ट्रिय गीत गाएर र एक मिनेट महान सहिद प्रति मोहोन धाहरण गरि सर्बजित बुढाको हातबाट ब्यानर खोलेर कार्यकमलाइ उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाइ रोमाञ्चक बनाउनको लागि बीच बिचमा कलाकार हरुले गाउने नाच्ने प्रस्तुति दिएका थिए सबै अतिथिले आफ्नो आफ्नो मन्तब्य दिएका थिए भने आफ्नो आफ्नो ठाउ वाट सहयोग गर्ने हरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

विभिन्न रोग लागेर अस्पतालमा छटपटाई रहेका बिरामीलाई र विभिन्न समस्या परेका ब्यातिलाई ठुलो रकम सहयोग गर्दै आएको छ साझा कल्याणकारी समाज नेपालले बिसेष त प्रबासमा बस्ने नेपालि दाजुभाइ दिदि बहिनि जोडिनु भएको यो सस्थामा अधक्ष्य लागाएत धेरै पतादिकारी हरुपनि प्रवासमै हुनु हुन्छ ।

पत्रकार,कलाकार,समाजसेबी,होटेल व्यसाय समिति,कलाकार,डान्सर आम जनसमुदाए समेत कार्यक्रममा उपस्थिति भएका थिए भने सबैलाई चिया नास्ताको पनि ब्यबस्था मिलाइएको थियो ।

नाच गानले रमाइलो गरिएको कार्यक्रमलाइ सभापति सर्बजित बुढाले आफ्नो मन्तब्य दिदै समापन गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस