
काठमाडौं,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचित भएकोमा बधाइ दिएका छन् ।
विहीबार अध्यक्ष ओलीले प्रचण्डलाई टेलीफेन गरेर बधाई दिएका हुन् । टेलीफोन बार्तामा अध्यक्ष द्धयबीच पार्टीफुटको आत्माआलोचना देखी पार्टी एकता सम्मको कुारा भएको छ ।
टेलीफोन संवादमा एमाले अध्यक्ष आलीले नेपालमा वामपन्थीहरु चौतर्फी घेरा बन्दीमा परेका कारण हिजोका तीतो मिठो सबै बिर्सेर वामआन्दोलनलाई एकताबद्ध अगाडी बढाउन प्रस्ताव गरेका हुन् ।
प्रचण्डलाई भेट्न बिहीबार खुमल्टार पुगेका नेता कार्यकर्तासंग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। उनले प्रचण्डसँग नेपाली कम्युनिष्ट आन्दोलनलई बचाउँनका लागि पनि वाम एकता अपरिहार्य रेको र चौतर्फी भएको घेराबन्दीका कारण वाम एकता गर्नुपर्ने बताएका छन् ।
यस विषयमा प्रचण्डले यो अवस्था आउनुको करण ओलीनै भएको जवाफ दिदै एमाले अध्यक्ष आलीलाई ढिलै भए पनि बामआन्दोलनलाई कसरी अगाडी बढाउने भनने चिन्ता गर्नु भएकोमा आफु खुसी रहेको बताएका थिए । निर्वाचनको परिणम आई रहेको र अबका दिनमा कम्युनिष्ट आन्दोलनलाई कसरी बचाउँने भन्ने कुरालाई दुई पक्षबीच नै छलफल गर्दै अगाडी बढ्नु पर्ने प्रचण्डको भनाई थियो ।
उनले एमाले अध्यक्ष केपी ओलीकै कारण बाम आन्दोलनलाई क्षती पुगेको बताए ।