एम्बुलेन्सभित्र छट्पटाइरहेको ज्यान भन्दा भीआईपी ठूलो

काठमाडौं,

काठमाडौं आएदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। चिनियाँ तेस्रो वरीयताका नेता ली चाङ्सुलाई राखिएको होटल सोल्टी देखी नयाँबानेश्वरस्थित संसद भवन सम्मको सडक खाली गराइँदा उपत्यकाभरकै ट्राफिक अस्तव्यस्त भएको हो।

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुको सवारीका कारण राजधानीको यातायात अस्तव्यस्त बनेपछि आक्रोश बढ्न थालेको छ। विदेशी भीआईपीको सवारीका नाममा एम्बुलेन्सलाई समेत गुड्न नदिएपछि सर्वसाधारणले आक्रोश पोखेका हुन्।

एम्बुलेन्समा छटपटाइरहेको बिरामीको ज्यानभन्दा भीआईपीको सवारी नहुने सबैको तर्क रहेको छ । कसैले ती भीआईपीलाई सुनाइदिनु तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भीआईपीहरुले एम्बुलेन्सभित्र छट्पटाइरहेको ज्यानसमेत दाउमा राखेको निर्देशक निश्चल बस्नेतले बताएका छन् ।

उनले जति नै ठूलो मान्छे आए पनि ट्राफिक प्रहरीले एम्बुलेन्सलाई रोकिदिनु नहुने र ज्यानभन्दा ठूलो सवारी कुनै कुनै भीआईपीको हुनु नहुने तर्क राखेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस