रेखा थापाले मोरङ–३ बाट उम्मेदवारी दिने

काठमाडौँ। कलाकार रेखा थापाले मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएकी छन्।

राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन्। राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ।’

गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन्।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन्। २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस