काठमाडौं क्षेत्र नम्बर २ का लागि पार्टी अध्यक्ष माधव नेपालको नाम सर्वसहमत सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर २ का लागि पार्टी अध्यक्ष माधव नेपालको नाम सर्वसहमत सिफारिस गरेको छ। शुक्रबार बसेको क्षेत्रीय कमिटि बैठकले अध्यक्ष नेपाललाई मंसिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन सिफारिस गरेको हो।

२०७४ मा वाम गठबन्धनका तर्फबाट नेपालले त्यहीँ क्षेत्रबाट जितेका कारण पनि नेपालको नाम सर्वसहमत रुपमा पठाइएको पार्टीका क्षेत्रीय अध्यक्ष रुद्रप्रसाद चापागाईंले अध्यक्ष जानकारी दिए । गत वैशाख ३० गते भएको चुनावमा एकीकृत समाजवादीले विजयी हासिल गर्न नसकेपछि नेपाल चुनाव लड्का लागि रौटहट फैर्किने चर्चा हुँदै आएको छ।

रौतहत क्षेत्र नम्बर १ बाट चुनाव लड्ने मनस्थितिमा रहेका नेपाललाई उनकै उपस्थितिमा शुक्रबार काठमाडौँ–२ ले पनि अघि सारेको छ । रौतहट १ मा वडाध्यक्षमा पाएको मत जोड्दा समाजवादीले सबभन्दा धेरै १९ हजार ६९८ मत ल्याएको छ।

त्यहाँ कांग्रेसले १६ हजार ९२८, लोसपाको मत १२ हजार ६२ छ भने जसपाले ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ। नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ।

यता काठमाडौँ २ मा भने समाजवादीले जम्मा ७९०० मत पाउँदा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। जित सुनिश्चितका लागि नेपाललाई रौतहटबाट चुनाव उठाउनुपर्ने मत पार्टीभित्र बलियो छ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस