वाइसिएलको दोस्रो राष्ट्रिय भेला – प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी)केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आज शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।

भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस