माओवादीको चिन्हबाट गौतमको प्युठानबाट उठ्ने घोषणा

राष्ट्रिय सभा सदस्य वामदेव गौतम आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट उठ्ने भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट उठ्ने घोषणा गरेका गौतमले प्युठानबाट उठ्ने घोषणा गरेका हुन् ।

गौतमलाई आफ्नो चुनाव चिन्ह दिने माओवादीले निर्णय गरिसकेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि माओवादीकै चुनाव चिन्ह लिएर उठ्ने भएका छन् । यसअघि ०७४ को निर्वाचनमा गौतम बर्दियाबाट चुनाव लडेका थिए ।

उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित बनेका थिए । अहिले उनले प्युठानबाट उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । गठबन्धनमा प्युठानमा जनमोर्चाले दाबी गरेको छ । तर, गौतमले आफूलाई टिकट दिए सबै असन्तुष्ट पक्षलाई आफूले मिलाउने दाबी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो लामो समयदेखिको दोस्ती रहेको उल्लेख गर्दै गौतमले आफू पनि गठबन्धनमै सामेल हुने बताउन थालेका छन् । उनले आफूलाई आगामी निर्वाचनमा प्रचण्डले सहयोग गर्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस