प्युठानको सारीमा निर्माण भएको सामुदायिक भवनको मन्त्री चौधरीद्वारा उद्धाटन

प्युठान –संघिय शहरी बिकास मन्त्री मेटमणी चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उद्धाटन गर्नुभएको छ।
सघन शहरी तथा भवन निर्माण आयोजना दाङको कुल ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको सामुदायिक भवनको शहरी बिकास मन्त्री चौधरीले मंगलवार उद्धाटन गर्नुभएको हो। नयाँ निर्माण गरिएको भवनमा ५ वटा कोठा छन।
सो अवसरमा मन्त्री चौधरीले नयां शहर बनाउने लक्षय सहित आफू अगाडि बढिरहेको उल्लेख गर्दै प्युठान जिल्लालाई सम्बृद्धी बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने बताउनुभयो।

 

प्रसस्त पर्यटकिय संभावना बोकेको धार्मिकस्थल स्वर्गद्वारी प्युठानमा रहेको भन्दै संघ प्रदेश र स्थानिय सरकार मिलेर पर्यटन तथा संस्कृतीको बिकास गर्नुपर्ने बताउनुभयो।
सवै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने मन्त्री चौधरीको धारणा छ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस