प्युठानमा भएको जीप दुर्घटनामा २ बालिकाको मुत्यु

प्यूठान-प्यूठानको बाग्दुलाबाट नौबहिनी गाउपालिकाको डाम्री जिप दुर्घटना भएको छ । दुर्घटना १४ जना घाईते भएका छन।

गम्भीर घाइते ३ जनामध्ये एकै घरका २ बालकको उपचारका क्रममा मृत्यु भएको छ। नौबहिनी गाउँपालिका वडा नं. ५ डामृका रेमसरा बुढामगरको दुई छोरीको उपचारको क्रममा ज्यान गएको प्रकरीले जानकारी दिएको छ।जसमा २५ दिनकी नवजात शिशु चेतना बुढामगर र ४ बर्षीया करुणा बुढामगरको मुत्यु भएको छ।

दुर्घटनामा घाइते भएका १२ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ। प्युठानको बाग्दुलाबाट डाम्रीका लागि छुटेको लु१ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बाहाने नजिकै खहरे खोलामा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस