प्युठानमा जीप दुर्घटना हुदाँ १४ जना घाइते

प्युठान- प्युठानको बाहानेमा यात्रु वाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन्।घाईतेमध्ये ३ जनाको अबस्था गंभीर रहेको स्थानियले बताएका हुन।बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको छ।

दुर्घटनामा घाईते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याईदै गरेको प्रहरीले जानकारी दिएको हो।

दुर्घटनाबारे थप विवरण आउन बाकीँ रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस