प्यूठानमा दुर्गा पौडेल, राणा र खड्कालाई उम्मेदवार बनाउने गठबन्धनको तयारी

विभिन्न दलहरुले आगामी निर्बाचनको तयारि तिब्र गतिमा सुरु गरेका छन्।

त्यहि अनुसार प्यूठान जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारहरूका विषयमा छलफल चलिरहेको छ।

विशेष गरेर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन प्यूठान जिल्लामा यस पटक ‘क्लीनस्वीप’ गर्ने तयारीमा छ।

प्रतिनिधि सभातर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बन्ने चर्चा छ। नेतृ पौडेल प्यूठान जिल्लाबाट प्रतिनिधि सभाकी निर्वाचित सांसद पनि हुन।

नेपाली कांग्रेसबाट प्रदेशतर्फ क्षेत्रीय सभापति रोज राणा उम्मेदवार बन्ने पक्का जस्तै छ। नेपाली चलचित्र अभिनेता एवम् निर्माता समेत रहेका राणाले उम्मेदवारीका लागि तयारी समेत गरेका छन।

क्षेत्रीय सभापति राणा कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन।

माओवादी केन्द्रबाट कृष्णध्वज खड्काले प्रदेशतर्फ उम्मेदवार बन्ने पक्का जस्तै छ। खड्का लुम्बिनी प्रदेशका मन्त्री समेत हुन।

यद्यपि, माओवादीबाट नेता कृष्ण अधिकारी ‘प्रकाश’ले पनि टिकटमा दाबी गरेका छन।

प्रदेशतर्फको निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ कांग्रेस र माओवादीमध्ये कसले पाउने हो पछि टुंगो लागेको छैन। अहिले नै कांग्रेस र माओवादीले कुन–कुन क्षेत्र पाउने हुन् खुलेको छैन।

उता एमालेबाट सूर्य थापाले प्रतिनिधि सभातर्फ प्यूठानमा उम्मेदवारी दिने चर्चा छ। तर उनि गठबन्धनसँग पराजित हुने डर छ।

प्यूठान राष्ट्रिय जनमोर्चाको गढ मानिन्छ। नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र मिलेर उम्मेदवार बनाउने तयारी गरेपछि एमालेलाई तनाब भएको छ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस