पृथ्वीको आयुबारे भविष्यवाणी गर्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पृथ्वीको आयुबारे भविष्यवाणी गरेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलाीले ओलीले पृथ्वीको आयुबारे भविष्यवाणी गरेका हुन् ।

विश्व ब्रम्हाण्ड, जीव र जगतको कुरा गरेर कहिल्यै नथाक्ने उनले पृथ्वीको आयु ८ अर्व वर्ष रहेको तर्क गर्दै आखिर ढल्नु त हुँदै छ, मर्नु त छदै छ भन्दै बीचमा केही भएन भने अब आठ अर्व वर्षमा पृथ्वी नरहने दाबी गरेका हुन् ।

उनले विचमा केही भयो भने त त्यसै ध्वस्त हुने भन्दै केही भएन र यसरी नै शान्त ढंगले अगाडि जाने हो भने पनि आठ अर्वपछि पृथ्वीको आयु समाप्त हुने बताए ।

उनले पाँच छ अर्व बर्षको आयु गुजारेको पृथ्वी अहिले बैंसमा रहेको र मानव जस्तो ब्रेनी चिजको सृष्टी गर्न सके बताइ । उनले ओलीले ब्रम्हाण्डको सबैभन्दा सुन्दर चिज धर्ती हो र धर्तीको सबैभन्दा सुन्दर पक्ष मानव जाति भएको बताए । उनले पृथ्वी अग्नी कुण्डमा परिणत भएर समाप्त हुने ठोकुवा गरे ।

त्यसभन्दा सात अर्व वर्ष अघि नै मानव जाति धर्तीबाट समाप्त हुने दावी गरे। तर पृथ्वीको खोज अनुसन्धानमा लागेका बैज्ञानिकले अहिलेसम्म पृथ्वीको आयुबारे वास्तविकता पत्ता लगाइसकेको छैन । यद्यपि ४.५७ अर्व वर्षअघि पृथ्वीको उत्पत्ति भएको अनुमान रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस