
प्युठान- जिल्लाको झिमरुक गाउँपालिका वडा नं ६ स्थित चिसाबाङमा रहेकाे विधुत ट्रान्सर्फमर जल्दा २ दिनदेखि यस क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
साउन १६ गते हिँजो यहाँ रहेको जल्दा झिमरुक गाउँपालिका वडा नं ६ का करिब ३ सय घरधुरी बत्ति बिहिन भएकाे स्थानीय माेहन बिस्टले बताउनुभयो । लगातार विद्युत सेवा अवरुद्ध हुँदा बत्ति बाल्न असुविधाका साथै यस क्षेत्रमा सन्चालित घरेलु उद्योगहरु प्रभावित भएका छन ।
ट्रान्सर्फमर जलेर बिधुत अबराेध हुदा स्थानियले २ दिनदेखि सास्ती खेप्न बाध्य भएका छन । ट्रान्सफर्मर जल्दा स्थानीय अन्धकारमा बस्न बाध्य भएकाले झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल आज नेपाल विद्युत प्राधिकरण जुम्रिमा पुगेर कार्यालयलाइ ध्यानाकर्ण गराउनुभएको छ ।
आज बिहानै बिधुत प्राधिकरण कार्यालयमा पुगि उहाँले छिटो भन्दा छीटो समस्या समधान गर्न आग्रह गर्नुभएको हो । बिधुत ट्रान्सर्फमर जल्दा चिसाबाङ,राटटारि, बिस्टटाेला, नेटा, ताेरबाङ लगाएतका ठाउमा बिधुत अबराेध भएकाे छ। जलेकाे ट्रान्सर्फमर बदल्नुपर्ने भएकोले भाेलि दिउँसो सम्म समस्या समधान हुने बिधुत प्राधिकरण कार्यालय प्युठानका निमित्त कार्यलय प्रमुख प्रकाश के.सि.ले बताउनुभयो ।