प्युठान स्वर्गद्वारी दर्शन गरेर फर्किदै गर्दा बलेरो दुर्घटना हुदा एकको मुत्यु १४ घाइते

प्यूठान-स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना भएको छ ।

ब्रेक नलागेर दुर्घटना भएको १७ जना बोकेको सिङ्गल क्याप बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन । घाइते मध्य ९ जनाको अवस्था गम्भीर भएको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ ।रुपन्देही जिल्लाका मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तिर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गर्न भनेर हिजो रुपन्देही देखि हिडेका थिए ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुर रहेको प्रहरीले बताएको छ । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार पछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी छ रहेको उद्धारमा खटिएका नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनु भयो । अरू बिस्तृत जानकारी आउन बाकी छ ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस