प्युठान मल्लरानी गाउँपालीकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत सम्मानित

प्युठान- प्युठान मल्लरानी गाउँपालीकाका दुई कर्मचारीलाई सम्मान गरिएको छ। गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा र लेखा अधिकृत कमान सिंह के.सी.लाई सम्मान गरिएको हो। गाउँपालीकाको बेरुजु शुन्य बनाउँन महत्वपुर्ण भुमिका खेलेको भन्दै मल्लरानी गाउँपालीकाले आज अधिकृत थापा र के.सी.लाइ सम्मान गरेको हो।
गाउँसभाको बैठकमा गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो। बुधवार महालेखा परिक्षकको प्रतिवेदन अनुसार प्युठानमा मल्लरानी गाउँपालीका र सरुमारानी गाउँपालीकाको बेरुजु शुन्य छ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस