जीप दुर्घटना हुदा स्याङ्जाको वालिङमा १४ जनाको मुत्यु, १० जना घाइते

स्याङ्जाको वालिङ-१४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने सडकबाट झरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनु भयो ।

उनीहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको उहाँले बताउनु भयो ।

अहिले अन्य घाइतेहरुको उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस