शान्तिपुर्ण र भयरहित वातावरणमा प्युठानमा मतदान हुदै

प्युठान-स्थानीय तहका लागि भइरहेको मतदान बिहान ७ बजे देखि सुरु भैरहेको छ।

प्युठानका सबै ठाउँमा शान्तिपुर्ण र भयरहित वातावरणमा मतदान भैरहेको त्यहा बाट विभिन्न स्थलमा पुग्नु भएका सहकर्मीहरुले जानकारी दिनुभएको छ। प्यूठानमा कुल २ सय २० मतदान केन्द्र एव १ सय ५१ मतदान स्थल तय गरिएको छ । यसका लागि १ हजार ८४ जना कर्मचारी खटाइएको मतदान स्थलमा पुग्नु भएका पत्रकार लोकेन्द्र सुनारले बतानु भयो।

यसै गरि स्वर्गद्धारी नगरपालिका ७ मा अहिले सम्म जम्मा १७ प्रतिशत जति मतदान भएको छ।अहिले सम्म महिलाले बढि मतदान गरेका छन्। मतदान स्थल एउटै भएकाले र भिडभाड पनि धेरै भएकाले व्यबस्थापन गर्न गारो भैरहेको त्यहा बाट पत्रकार झपेन्द्र भण्डारीले जानकारी दिनु भएको छ।

त्यसै गरि गौमुखी गाउँपालिका ३मा २५देखि ३० प्रतिशत, स्वर्गद्धारी नगरपालिकामा ६० प्रतिशत,झिमरुक गाउँपालिकामा ५५०र स्वर्गद्धारी नगरपलिका २ मा ४ सय जति मतदान भएको जानकारी आएको छ ।

प्युठान को सबै मतदान केन्द्र हरुमा उत्साह पुर्ण स्वच्छ बाताबरण मा मतदान भैरहेको छ। मौसमको अवस्था भने धेरै ठाउँमा अहिले सामान्य नै रहेको भन्ने जानकारी आएको छ।

सबै मतदान स्थलमा सम्पर्क हुन नसकेकोले बाकी जानकारी केहि समय पछि दिने छौ।

 

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस