बसको ठक्करबाट प्युठानमा एक बालकको ज्यान गयो

प्यूठान -आइतबार प्यूठानमा लर्निङ्ग ह्यावन बोडिङ्ग स्कुल बसको ठक्करबाट एक जना बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्यूठान नगरपालिका ४ का बिकास कार्कीको डेड बर्षिय बालक युनिक कार्कीको बसको ठक्करबाट निधन भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिका ७ मा सन्चालित लर्निङ्ग ह्यावन बोडिङ्ग स्कुल पुण्यखोलाको बस रा १ प ८८१ नम्बरको बसले आइतबार बेलुका करिब ५ बजेको समयमा ठक्कर दिएको थियो । ठक्कर पछि बालकको उपचार गर्न प्यूठान अस्पताल लगेको र अस्पतालले मृत भएको बताएको थियो । मृतकका बुवा सल्यानमा प्रहरी हबल्दारको रुपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्यूठान नगरपालिका ४ कार्किडाँडा तर्फ जाने नयाँ बाटोमा उक्त स्कुलको बसले युनिक कार्कीलाई ठक्कर दिएको थियो । बसका चालक प्रहरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक थापाले बताउनु भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस