पशुपति क्याम्पसमा अध्ययनरत एक युवती जंगलमा मृत फेला

काठमाडौको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक युवती जंगलमा मृत फेला परेकी छन् । प्रहरीले उनको नाम नीला राई बताएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।

मृतक राई पशुपति क्याम्पसमा स्नातक तेश्रो वर्षमा अध्ययनरत थिइन्। उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। तर पोस्टमार्टमपछि मात्रै थप पुष्टि हुने घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले बताए।

महिलाको हातको नसा काटिएको छ। घटना स्थलमा ब्लेड फेला परेको छ। यस्तै, विषादीको बट्टा पनि भेटिएको छ। उनले झोला बोकेको र झोला भित्र पनि ब्लेड भेटिएको अनुसन्धान अधिकृतले बताए। घटनास्थलमा फरेन्सिकसहितको टोली र कुकुर पनि लगिएको थियो।

पार्कको दुर्गा मन्दिर नजिकै शव भेटिएको हो। घटनास्थलमा अपराध महाशाखा र परिसरको टोली पुगेको थियो। थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस