नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक बनाए १ लाख दिने

 स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बारे टिकटक बनाउनेलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । एमाले निकट युवासंघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएका हुन् ।

एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिताको आयोजना गर्न लागिएको सर्कल र युवासंघले जनाएको छ ।

टिकटक भिडियो प्रतियोगिताको प्रथम पुरस्कार १ लाख द्धितिय पुरस्कार ५० हजार तृतिय. पुरस्कार २५ हजार घोषणा गरिएको हो । भिडियो चैत्र २१ गतेदेखि २०७९ बैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको हो ।

भिडियोमा एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने लगायतका सर्तहरु राखिएको छ । यो प्रतियोगिता चुनाव लक्षितकार्यक्रम अन्तर्गतको हो ।साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीको प्रचार-प्रसार र चुनाव लक्षित कार्यक्रम अनुसार यो प्रतियोगिता आयोजना गरिएको हो।

‘अहिले प्रचार-प्रसारको सबैभन्दा सजिलो माध्यम टिकटक लगायत सामाजिक सञ्जाल नै हो,’ सुवेदीले भने, ‘प्रतियोगितामा खुला रूपमा राखिएको छ, तर एमाले भित्रकै कमरेडहरू आवद्ध हुनुहुन्छ भन्ने अपेक्षा छ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस