सल्यानमा भएको जिप दुर्घटनामा एकको मुत्यु

सल्यानमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका- १ दारिमचौरबाट श्रीनगर तर्फ आउदैँ गरेको भे १ ज ३३६ नम्बरको जीप दुर्घटना हुदा गाडीका सहचालक १८ बर्षिय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आज बिहान करिब ६ वजे जीप दुर्घटना भएको हो। यस्तै दुर्घटनामा परेर गाडी चालक सोही ठाउँ निवासी २१ बर्षिय थलराज वली सामान्य घाइते भएका छन्।

गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ। घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस