नारा जुलुस र कोण सभा सहित मनाईयो “५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस

काठमाडौं, “५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च २०२२” देशभर नारा जुलुस र कोण सभा सहित सम्पन्न भएको छ । काठमाडौंमा बिभिन्न राजनितिक दलका भातृ संगठनहरु, बिभिन्न संघ संस्थाहरु र दलित नेताहरु र पत्रकारहरुको उपस्थितीमा सो दिवस मनाईएको छ ।

सो दिवसको अवसरमा भृकुटी मण्डपबाट र्याली सुरु भई रत्नपार्क, शान्ती बाटीकामा गई कोण सभामा परिणत भएको थियो । यस दिवसमा काठमाडौंमा रहेका ६५ वटा भन्दा बढी संघ संस्थाहरुको संलग्नता रहेको थियो । कोण सभा अधिवक्ता एबं का राष्ट्रिय अध्यक्ष त्रिलोक चन्द बिश्वास बिकको अध्यक्षतामा भएको थियो भने प्रमुख वक्ता पुर्व मन्त्री माननिय मिन बिश्वकर्मा रहेका थिए ।

“५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च” को अवसरमा दलित समुदाय माथी भईरहेको बिभिन्न प्रकारका घट्ना र बिभेदको बारेमा बोल्दै आगामी दिनमा यस्ता घट्नाहरु घट्न नदिनुका साथै सबैलाई सचेत गराउनुहुन वक्ताहरुले सरकारलाई अपिल गरेका थिए । संबिधान र कानुन मात्र बनाएर नहुने त्यसलाई पनी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने, दलितहरुको माग पुरा नभए फेरी देशभरका सडकहरुमा आन्दोलन हुने दलित नेताहरुले चेतावनी समेत दिएका थिए ।

कोण सभामा बोल्दै प्रमुख वक्ता पुर्व मन्त्री माननिय मिन बिश्वकर्मा भन्छन् “सरकारले जे चाह्यो त्यो हुन्छ । सरकारले हरेक प्रकारका निति नियम परिवर्तन गरेको छ र कार्यान्वयन पनि गराएको छ । तर दलित समुदायको बिषयमा बल्ल तल्ल निति नियम बनायो । यो निति नियमले हुँदैन, कानुन संसोधन भई कार्यान्वयन हुनुपर्छ । कानुन संसोधन भएन र कार्यान्वयन भएन भने हामी देशब्यापी रुपमा आन्दोलन गर्ने छौ । कानुन संसोधन गराउन र कार्यान्वयन गराउन सरकारको ढोका ढकढकाउन हामी सधै तयार छौं ।”

कोण सभाको सभापती एबं अधिवक्ता अध्यक्ष त्रिलोक चन्द बिश्वास बिक बोल्दै गैरदलितहरुले दलितहरु सँग बसेर खाएर मात्र हुँदैन । दलितलाई आफ्नो घरमा बोलाएर खाना खुवाउन सक्नु पर्यो । सबै मानिस एकै हो, मानव जातीमा कुनै भिन्नता छैन भन्ने कुरा बझ्न जरुरी छ । रुकुमको जस्तो नरसंहार घट्ना लगायत हाल सम्म घटेका घट्नाहरु आगामी दिनमा नघटोस् भन्ने कुरामा जोड दिए । साथै सम्मातिन अदालतले दलितको मुद्धामा सम्बोधन गर्न आदेश दिएतापनि कार्यन्वयन नभएको कुरा बताउदै उनले दुख ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस