प्युठान-आगामी बैसाख ३० गते हुन लागेको स्थानीय तह चुनाबका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ।
प्युठान लगायत अन्य जिल्ला प्रहरी कार्यालयमा पनि आवेदन दिनेहरुको बिहानै देखि लामो लाइन लागेको छ। स्थानीय तह निर्वाचनका लागि प्यूठानमा १२ सय ४८ जना म्यादी प्रहरीको लागि आवेदन खुलेको छ । जिल्लामा १२ सय ४८ जना म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।
चैत १ गते नेपाल प्रहरीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १ लाख जना म्यादी प्रहरी माग गरेको थियो । आवेदन दिने अन्तिम मिती चैत ११ सम्म रहेको छ ।४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ ।
म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।
म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।