जथाभावी होली खेल्नेलाई कारबाही गरिने

प्युठान- जिल्ला प्रशासन कार्यालयले मंगलबार सुचना जारी  गरी जथाभावी लोला हान्ने,  रङ दल्नेलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गर्ने बताएको छ।

जिल्ला प्रशासन कार्यालय प्युठानले होलीको अवसरमा एक सुचना जारी गरि जथाभावी रङ दल्ने,लोला हान्ने,बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक जन्य कार्यहरु नगर्न हुनका लागि अनुरोध गरेको छ।

यदि नियमको पालना नगरी जथाभावी रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरेको पाहिएमा कानुन बमोजिम कारवाही गरिने बताएको छ।साथै भोली विभिन्न ठाउँका सुरक्षाकर्मीलाई खटाइने छ। यसै गरि होली खेल्ने क्रममा कसैले विकृती जन्य कार्य गरेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयको नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरेको छ।

यस्तै होलीको अवसरमा मदिरा सेवन गर्ने,जथाभावी गाडी चलाउने, मोटरसाइकलमा दुई जना भन्दा बढी बसेमा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने बताएको छ।

 

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस