
प्यूठान – मोटरसाइकलको ठक्करबाट प्यूठानमा एक पैदल यात्री गम्भिर घाइते भएका छन ।
शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नंबरको मोटरसाइलले ठक्कर दिदा प्यूठान नगरपालिका ७ पूण्यखोलाका ५५ बर्षिया रण बहादुर घर्ती गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरीक्षक देबी प्रसाद गैरेले बताएका छन ।
प्रहरी प्रबक्ता तथा प्रहरी निरीक्षक गैरेका अनुसार ठक्करपछी चालक फरार रहेपनि मोटर साइकल नियन्त्रणमा लिइएको छ ।
त्यस्तै प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी शुक्रबार नै वुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार